फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को पोस्टर सार्वजनिक

रंग नेपाल २०८१ माघ २१ मा प्रकाशित

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।

आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन् । पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् ।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ । ‘फिल्मका लागि हामीले चार सयजनाको अडिसन लिएका थियौँ । तीमध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौँ’, निर्देशक बस्नेतले भने ।

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट