वरिष्ठ गायक प्रेमराजा महत सम्मानित

रंग नेपाल २०८१ माघ ७ मा प्रकाशित

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मिएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमि तनहुँमा सम्मानित भएका छन् ।

नवौं तनहुँ महोत्सव मूल समारोह समितिले शनिबार दमौलीमा महतलाई सम्मान गरेको हो ।

गायक महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मूल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ मिश्र, महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले संयुक्त रुपमा सम्मान गरे । गायक महतलाई दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

लोकगीत प्रर्वद्धनमा योगदानको कदर गर्दै गायक महतलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट