धूम ४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुनसक्ने

रंग नेपाल २०८१ माघ १ मा प्रकाशित

मुम्बई । बलिउड स्टार रणवीर कपुर आगामी केही वर्षका लागि पूरै व्यस्त रहेका छन् । यस वर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ ।

अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’को लागि सुटिङमा व्यस्त रहेका छन् । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ ।

यसैबीच, यशराज फिल्म्सको बहुप्रतिक्षित धूमः४ मा रणवीर कपुर अनुबन्धित भएका छन् । जुन फिल्म एक दशकभन्दा बढी अघि देखि आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन । तर, अहिले यशराज फिल्मसले धूमः४ का लागि प्रकिया सुरू गरेको छ, जो अर्को वर्षदेखि सुटिङ सुरू हुनेछ ।

इन्डिया टुडेका अनुसार धूमः ४ अब अप्रिल २०२६ देखि छायांकनमा जानेछ । कम्पनिले फिल्मका लागि २ जना नायिक र एक भिलेन खोजिरहेको छ । समाचार अनुसार फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाइ लिइने भएको छ । जसका कारण अभिषेक बच्चनलगायतका कलाकार नदोहोरिने सम्भावना बढेको छ ।

रणवीरले धूमः ४ सुरु गर्नुअघि ‘लभ एण्ड वार’ र ‘रामायण’का दुवै भागको सुटिङ पूरा गर्नेछन् किनभने धूमः ४ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ । चाखलाग्दो कुरा के छ भने धूमः ४ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भुमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको धूमः ४ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ ।

समाचार अनुसार धूमः ४ पछि अभिनेता कपुरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगासँग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट