काठमाडौं । चर्चित नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ ।
उनीको गएराति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६४ वर्षीय शेर्पा कलेजोको समस्याबाट पीडित थिए ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका शेर्पा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वाइल्डलाइफ फोटोग्राफर थिए ।
उनी नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । उनका दुई छोरा र तीन छोरी छन् ।