हिमाल राईको नयाँ गीत ‘छेकामारी’ सार्वजनिक

रंग नेपाल २०८१ मंसिर १९ मा प्रकाशित

काठमाडौं । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ । गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।

प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

‘छेकामारी’ भिडियोलाई जीवन मुकारुङले छायांकन तथा सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट