‘एक्टिङ स्टार’को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन

रंग नेपाल २०८१ मंसिर ११ मा प्रकाशित

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को केही महिना अघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । डिजिटल अडिसनमार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरुलाई उनीहरुकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बताएको हो ।

फिजिकल अडिसनमार्फत २४ जना सेलेक्ट गरेर प्रतियोगिता सुरु गरिने बताइएको छ ।

अभिनय रियालिटी शोमा भाग लिन इच्छुकले दुई मिनेटसम्मको प्रस्तुति भिडियो मंसिर ३० गते भित्र पठाउन सक्ने निर्माता कम्पनी महक मिडिया नेटवर्क प्रालिले जनाएको छ ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको शोको निर्देशन विशाल भण्डारीले गर्नेछन् । शोको जज र प्रसारण हुने टिभी च्यानल भने केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

डिजिटल अडिसनको भिडियो इमेल तथा ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७९८३३१० मा पठाउन सकिने जनाइएको छ ।

गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।

‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशिसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट