‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

रंग नेपाल २०८१ कार्तिक २५ मा प्रकाशित

काठमाडौं । यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ ।

फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको फिल्ममा दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रले ३२ वर्षअघि डकुड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । अर्को लोकप्रिय डकुड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । दीपेन्द्रकै निर्माण रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’मा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट