काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँ तोकेको छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० रुपैयाँ तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।