काठमाडौं । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ । विशेषगरी तराईका जिल्लाहरुमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ ।