काठमाडौं । विन्ध्यवासिनी क्रियसन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति हेरफेर गरिएको छ ।
यही कात्तिक २२ गते प्रदर्शनमा ल्याउने तयारीमा रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
चलचित्रको नयाँ प्रदर्शन मिति माघ ४ गतेलाई तय गरिएको छ ।
नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थीलगायतको पनि अभिनय छ ।