नेपालकै महँगो भिडियोमा साम्राज्ञी र विशाल

रंग नेपाल २०८१ कार्तिक ७ मा प्रकाशित

काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो लगानीमा म्युजिक भिडियो निर्माण गरिएको दाबी गरिएको छ ।

दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख रुपैयाँ बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताएका छन् ।

यो भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् ।

बुधबार परेको अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक स्वरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन् । यो गीतको एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

यो गीतमा थाइल्याण्डका महँगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ ।

गीतका सार्वजनिक तस्वीरमा साम्राज्ञी आकर्षक लुक्समा प्रस्तुत छिन् । साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमासमेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ । नेपाली सिनेमाका निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने दाबी गरेका छन् ।

यो गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिबी यो म्याजेस्टीको शब्द तथा संगीत ममता गुरुङ र बुलेट फ्लो र डिबी यो म्याजेस्टीको स्वर रहेको छ ।

सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् ।

लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट