म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’ रिलिज

रंग नेपाल २०८१ कार्तिक ५ मा प्रकाशित

काठमाडौं । कुनै समय थियो नेपाली गीत संगीत सुन्नको लागी रेडियो नेपालको निश्चित समय कुरेर बस्नु पर्थ्यो । एफएम रेडियोहरुको सुरुवातसँगै नेपाली गीत संगीत पारखीहरु बढ्न थाले । अहिले आएर प्रविधिले यति सजिलो बनाई दियोकि आफूलाई मन परेको गीत युट्युबमार्फत जति बेला पनि सुन्न र हेर्न पाइने भयो । अहिलेको समय गीत संगीत सुन्ने भन्दा पनि भिडियो हेर्ने हुन थाले ।

गीतमा कथा डाइलग थपेर म्युजिकल फिल्म बनाउने प्रचलन बढ्यो । यसैक्रममा निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म निर्माण गरेका छन् । परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’को भिडियो हेर्दा एकैछिन सबैलाई भावुक र सोचमग्‍न बनाउँछ । म्युजिकल फिल्ममा काम गर्ने सम्पूर्ण कलाकारहरुको अभिनय जिवन्त छ । निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन् ।

म्युजिकल फिल्मको पटकथा किङ्ग एबिसीको हो भने निर्माता प्रतीक दास हुन् । ‘आफ्नै स्वार्थ’ पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्धवृद्धाहरुलाई साक्षी राखेर आज भिडियो सार्वजनिक गरिएको हो ।

‘आफ्नै स्वार्थ’मा गायक धुर्व विश्वकर्माको स्वर रोशन दासको शब्द रचना र राजन कार्कीको संगीत रहेको छ । रोशन दासको कथा र निर्देशनमा बनेको म्युजिकल फिल्ममा सुभास गजुरेल, गीताश्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दिपेश घिमिरे, सरिता कठायत, सम्राट दास, सरिता ढुंगाना, अग्नि सुवेदी, रेश पोख्रेल र दिप्त प्रकाश अधिकारीको अभिनय रहेको छ । भिडियोमा युवाहरुको कथालाई गहन रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

हरिप्रसाद ढकालले छायांकन गरेको म्युजिकल फिल्ममा फुर्बा लामाको सम्पादन, श्याम कुँवरको कलर संयोजन, सुरेन्द्र क्षेत्रीको कास्टिंग निर्देशन रहेको छ ।

रीता देवी, कुमारी बीना दाहाल र प्रतिमा देवी दास कार्यकारी निर्माता रहेको म्युजिकल फिल्मको निर्माण सल्लाहकारमा हिक्मत शर्मा रहेका छन् । म्युजिकल फिल्म रेज इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट