काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।