चलचित्र ‘फिरफिरे फिरिरी’को शीर्ष गीत रिलिज

रंग नेपाल २०८१ असोज १८ मा प्रकाशित

काठमाडौं । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

विन्दवासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् ।

चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिब १५ वर्षपछि फेरि चलचित्र निर्माणमा फर्किएका हुन् ।

सार्वजनिक शीर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत रहेको छ भने स्वर भरत अधिकारी, प्रशान्त सिवाकोटी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको रहेको छ ।

सार्वजनिक गीतमा चलचित्र प्रमुख पात्रहरु सबै फिचर्ड छन् । चलचित्रको शीर्ष गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ ।

यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै छन् । चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ । चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् ।

यस चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट