हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा

रंग नेपाल २०८१ असोज १७ मा प्रकाशित

काठमाडौं । हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ ।

बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।

हनुमानढोकाको दशैंघरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट