सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

रंग नेपाल २०८१ असोज १५ मा प्रकाशित

काठमाडौं । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना हुनुभएको छ ।

मिडिया रिपोर्टकाअनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ ।

त्यस्तै, केही भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटुसम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट