दशैं गीत ‘आँशुका धारा’मा गणेश र प्रभाको अभिनय

रंग नेपाल २०८१ असोज १४ मा प्रकाशित

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं तथा दिपावली नजिकै आउँदैछ । चाडपर्व विशेष गीत संगीतहरु पनि बजारमा आउने क्रम जारी छ । यसैक्रममा पोखरामा रहेर म्युजिक भिडियो सम्पदनमा व्यस्त रहेका सुवास अंगाईद्धारा निर्देशित दशैं-तिहार गीत ‘आँशुका धारा’ बजारमा आएको छ ।

दिवस थापा मगर र करिष्मा राना मगरको स्वर रहको गीतको म्युजिक भिडियो बाँसुरी डिजिटल युट्युवबाट सार्वजनिक गरिएको हो ।

गीतमा विदेशीनुका पीडा, दशैं तिहारसँगै मनाउन परिवारले गरेको आग्रह, विदेशमा हुनेहरुले चाडबाडमा बिदा नपाउँदाको पीडा र तिहारमा दिदीबहिनीहरुले दाजुभाईको प्रतिक्षा गरेको दृश्यहरु समावेश गरिएका छन् ।

सरोज लामिछानेको थेगो र संगीत रहेको गीतलाई चर्चित शब्द संकलक नयन शर्माले लेखेका हुन् । दिवस थापा मगरको आफ्नै एरेन्जमा रहेको गीतमा गणेश अंगाई र प्रभा श्रेष्ठलाई मुख्य भूमिकामा देखाइएको छ भने अनिशा क्षेत्री, बुद्धि खनाल, बिनोद पहारी, गकुल बिक, राजकुमार कुमालको पनि अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट