चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो…

रंग नेपाल २०८१ असोज ११ मा प्रकाशित

काठमाडौं । चलचित्र आँखाको प्रिमियर बिहीबार सम्पन्न भएको छ ।

काठमाडौंको सुन्धारास्थित सिटीसी मलमा सम्पन्न प्रिमियरमा चलचित्रका कलाकार तथा दर्शकको बाक्लो उपस्थिति थियो ।

चलचित्र ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको छ । प्रिमियरमा सहभागी अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ आजदेखि सिनेमाघर रिलिजसमेत भइसकेको छ ।

निर्देशक योञ्जनकै कथा, पटकथा रहेको चलचित्रको निर्मातामा पनि योञ्जन नै छन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता र राम बस्नेत लाइन प्रोड्युसर हुन् । चलचित्रको सहनिर्मातामा रेनुका कार्की ढोली रहेकी छन् । चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ ।

आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । चलचित्रलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट