चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न

रंग नेपाल २०८१ असोज १० मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।

भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको कमलपोखरीस्थित विग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलगायत अन्य कलाकारहरको उल्लेख्य सहभागिता थियो ।

प्रिमियरमा सहभागि अधिकांश दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छन् । उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । सिद्धार्थको यो डेब्यु निर्देशन हो । चलचित्रको कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

अर्जुनकुमारको निर्माण रहेको यो चलचित्र ७० लाखमा बनेको हो । अक्सर दुई करोडभन्दा कम बजेटमा चलचित्र बन्दैनन् भनेर अधिकांश निर्माता तथा निर्देशकले बताइरहँदा अर्जुनले ७० लाखमा ‘सानो संसार’ बनाएका हुन् । उनी भने यो बजेटलाई आम नेपाली चलचित्रको बजेट भएको दाबी गर्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट