करण राई र मलिका महतको ‘काँडा भएनि’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०८१ असोज ९ मा प्रकाशित

काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ ।

थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

चर्चित निर्देशक विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ । प्रेमि–प्रेमीकाको एक मिलनको संयोगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ ।

विक्रमकै निर्देशनसँगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको सम्पादन तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट