यस्तो छ गजल गीत ‘नजरका इशारा’

रंग नेपाल २०८१ असोज ८ मा प्रकाशित

काठमाडौं । गजल गीत ‘नजरका इशारा’ भिडियोसहित सार्वजनिक भएको छ ।

युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा शब्द रचना किरण रिजाल रहेको छ भने स्वर कमल विष्ट र संगीत शशि विक्रम थापाको रहेको छ । गायक विष्ट ‘भ्वाइस अफ नेपाल’ सिजन २ का प्रतिस्पर्धी पनि रहेका थिए ।

गीतमा मोडल राज पौडेल र हेना नगरकोटीको अभिनय छ । गीतमा युवायुवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले निम्त्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट