गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ सार्वजनिक

रंग नेपाल २०८१ असोज ८ मा प्रकाशित

काठमाडौं । गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ बोलको गीत भिडिओसहित सार्वजनिक भएको छ ।

दीप घतानीको संगीत रहेको गीतलाई संजीव बराईलीले स्वर दिएका छन् । दीप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनय रहेको गीत बजारमा आएको हो ।

गीतले नेपाली जनताको पीडादायी यात्रालाई चित्रण गरेको छ । गीतका शब्दहरूले स्वदेशमै जागिर नपाएकै कारण आम नेपालीहरूको विदेशमा काम गर्न जाने बाध्यतालाई बयान गर्छ ।

गीतको भिडिओ छायांकन विशाल थापाले गरेका हुन् भने भिडिओ सम्पादन विभोर पोखरेलले गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट