‘एक्टरः टेक वन’का तीन पोस्टर एकसाथ सार्वजनिक

रंग नेपाल २०८१ असोज ७ मा प्रकाशित

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मीपूजा)मा रिलिज हुन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । निर्माता थमनकुमार भण्डारीकाअनुसार यी पोस्टरहरू आगामी प्रचारप्रसारका लागि प्रयोग गरिनेछ ।

पोस्टरहरू रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेको हो । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रदीप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ ।

एक पोस्टरमा प्रदीप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदीपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ । यी पोस्टरहरूबाट चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत पाइन्छ ।

राजन भुसालले निर्देशन गर्नुभएको यो चलचित्रमा प्रदीप, आना र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ ।

‘एक्टरः टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमनकुमार भण्डारी हुन् । अनिश भुसाल सहनिर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन र पोस्ट प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् ।

चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहनुभएको छ भने इभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिनुभएको छ भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट