सुनको मूल्य अहिलेसम्मकै उच्च

रंग नेपाल २०८१ असोज ६ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट