शाहरुख बलिउडमा सबैभन्दा धनी, को-को छन् शीर्ष पाँचमा ?

रंग नेपाल २०८१ भदौ १६ मा प्रकाशित

काठमाडौं । बलिउडमा शाहरुख खान सबैभन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन् ।

शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् । जसअनुसार शाहरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबापत कमाउनेबाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आइपीएल टिम कोलकोता नाइट राइडर्ससमेत रहेको छ ।

त्यस्तै, बलिउडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनरसमेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ ।  त्यसपछि बलिउड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनयबाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।

त्यस्तै, पाँचौं स्थानमा बलिउडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट