काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै बजारमा गीतहरु आउने क्रम तीब्र गतिमा छ । सांस्कृतिक पर्वलाई रमाइलो बनाएर मनाउने यो चाडमा छोरी चेलीको वर्षभरिका वेदनालाई गीतमार्फत् उतारेर व्यक्त गरिने परम्परा रहेको छ ।
सांस्कृतिक चाडलाई विशेष बनाउनका लागि गायिका सीता केसीको तीज गीत ‘पिँजडा’ सार्वजनिक भएको छ । पराइघर गएकी चेलीको पीडाहरुलाई समेटिएका कथालाई प्रस्तुत गरिएको तीज गीत हो ‘पिँजडा’ । हरि गिरी विमर्शीको शब्द तथा संगीतमा रहेको गीत ‘पिँजडा’मा गायिका सीता केसी र गायक हरि गिरी विमर्शीको स्वर रहेको छ ।
गीतको संगीत संयोजन मदन केसीको रहेको छ । मालश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ खडक बाजुरालीको रहेको छ भने सागर बाजुरालीले रेकर्ड गरेका हुन् ।
‘पिँजडा’को म्यूजिक भिडियोमा स्मारिका ढकाल र राजन केसीले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको ‘पिँजडा’को भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
मदन खड्काको निर्देशन रहेको भिडियोलाई हरि गिरी विमर्शीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।