यस्तो छ ‘रावायण’को ट्रेलर

रंग नेपाल २०८१ भदौ ६ मा प्रकाशित

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म युनिट, पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो ।

एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पूजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ ।

फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पूजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।

कार्यक्रममा फिल्मका कथाकार, निर्माता र निर्देशक सुदर्शन थापाले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि फिल्म त्यस्तो नभएको खुलाए ।

‘यो धार्मिक रावायणसँग सम्बन्धित छैन । रामायाणमा रामलाई प्राथमिकता दिइएको थियो । हाम्रो रावायणमा रावणलाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘रावणलाई प्राथमिकता दिँदा फिल्म फरक स्वादको बन्छ भन्ने लागेर हामीले त्यस्तै कथामा फिल्म बनाएका छौँ । टिजर, गीत, फस्टलुकले हाम्रो जुन हाइप बनाएको छ, त्यो हाइप ट्रेलरले बनाउनेमा ढुक्का छौँ ।’

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता हुन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट