काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा आज सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।