काठमाडौं । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा उनको आज बिहान निधन भएको हो ।
६९ वर्षीय कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौंबाट सिराहा फर्किएका थिए ।