शौच गर्दागर्दै अजिंगरको आक्रमणमा परेपछि…

रंग नेपाल २०८१ साउन १४ मा प्रकाशित

काठमाडौं । भारतको जबलपुरमा एक पुरुष खुला ठाउँमा शौच गर्दा अजिंगरको आक्रमणको शिकार भएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार हालै मध्य प्रदेशको जबलपुर जिल्लाको कल्याणपुरमा एक पुरुष गाउँ नजिकै जंगलको झाडीमा शौच गर्न पुगेका थिए । त्यही बेला एक अजिंगरले उनलाई आक्रमण गरी निल्ने प्रयास गरेको थियो तर पुरुषले आफू बाच्नको लागि अजिंगरको मुख समातेर सहयोगको लागि चिच्याए ।

उनको आवाज सुनेर गाउँलेहरू हतियारसहित घटनास्थलमा पुगे र अजिंगरमाथि आक्रमण गर्न सुरु गरे । अन्ततः अजिंगर मारिएपछि युवकको ज्यान जोगियो ।

यो घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यहाँ धेरै मानिसहरू खुला ठाउँमा शौच गर्न बाध्य छन् भने केहीलाई यो बानी परेको छ । तर यस्ता घटनाले खुला दिसा कति जोखिमपूर्ण हुन सक्छ भन्ने देखाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट