मेयर गुप्ताद्वारा घरपालुवा कुकुरको हिन्दु परम्पराअनुसार अन्त्येष्टि

रंग नेपाल २०८१ साउन १४ मा प्रकाशित

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताले आफ्नो घरपालुवा कुकुरको मृत्युपछि हिन्दु परम्पराअनुसार अन्त्येष्टि संस्कार गरेका छन् ।

घरमा पालेको कुकुर मरेपछि उनले मानिस मर्दा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरेर कुकुरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

गुप्ता परिवारले ७ वर्षदेखि पालेका दुई कुकुरमध्ये एक, क्विटी (छाउडी) नामक कुकुरको आइतबार मृत्यु भएको थियो । मेयर गुप्ताले कुकुरको उपचारका लागि करिब १५ हजार रुपैयाँ खर्च गरे पनि उपचार सफल हुन सकेन ।

कुकुरको मृत्युपछि मेयर गुप्ताले कोशी नदीको किनारमा हिन्दु रीतिरिवाजअनुसार अन्त्येष्टि गरे ।

उनले आफ्नो परिवारका अन्य सदस्य जस्तै कुकुरलाई माया गर्ने गरेको र यसको मृत्युले परिवारलाई शोकमा डुबाएको बताए । कुकुरको मृत्युमा गुप्ता परिवारले तीन दिनसम्म घरमा खाना नपकाउने निर्णय गरेको छ ।

गुप्ता परिवारले यो कार्यमार्फत जनावरप्रति मानवीय व्यवहार गर्नुपर्ने सन्देश दिन खोजेको स्थानीयले बताएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट