कस्तो छ हरिवंश आचार्यको स्वास्थ्य अवस्था ?

रंग नेपाल २०८१ साउन ७ मा प्रकाशित

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।

आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् ।

‘शनिबार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु । अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो ।’

उनले भनेका छन्, ‘धेरैलाई हाई ब्लड प्रेसरको कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा  फुटेको रहेछ र त्यसलाई टाल्ने काम भइसकेको छ  र अहिले सामान्य अवस्थामा स्वास्थ लाभ गरिरहेको छु ।’

धेरै पढिएका

पछिल्ला अपडेट