हिमाल सागरको आवाजमा ‘पहिलो गीत’ सार्वजनिक

रंग नेपाल २०८१ साउन ६ मा प्रकाशित

काठमाडौं । गायक हिमाल सागरको आवाजमा रहेको ‘पहिलो गीत’ सार्वजनिक भएको छ । दीपकप्रसाद आचार्य (काकु)को शब्द रचना तथा सन्तोष सुनुवारको कम्पोज रहेको गीतमा सक्किगोनीकी कलाकार सुरक्षा इटानी र रोहित अधिकारीको अभिनय रहेको छ ।

अमेरिकामा व्यवसाय गर्दै आएका रोहित अधिकारीको डेब्यू म्युजिक भिडियो हो । विशेष गरी आफ्नै नेपाली गीतसंगीत र कलाप्रति विशेष अभिरुचि राख्ने रोहित भिडियोमा सुरक्षासँग खुलेका छन् ।

दीपकप्रसाद आचार्य (काकु)कै निर्देशनमा तयार भएको भिडियोको सिनेम्याटोग्राफी, सम्पादन तथा रंग संयेजन पवन सुस्लिङले गरेका हुन् भने तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट