यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक

रंग नेपाल २०८१ साउन ३ मा प्रकाशित

काठमाडौं । गायक तथा अभिनेता यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यो गीतको भिडिओ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको भिडिओमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै गीतको भिडिओमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् ।

यो गीतको भिडिओलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन् । पाँचौं सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ ।

‘हिरो’ गीतको भिडिओमार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्दा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका घटनाहरु बढी रहेकाले पनि आफूलाई यो मुद्दा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको उनले बताए ।

यो गीतमा हरि हुँमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।

यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरान गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सनसमेत सार्वजनिक गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट