‘हामी छौँ’को छायांकन सुरु

रंग नेपाल २०८१ असार ८ मा प्रकाशित

काठमाडौं । सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौँ(सिजन १)’ को छायांकन सुरु भएको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको छायांकन बुधबारदेखि चित्लाङबाट सुरु भएको हो ।

आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहने डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकीलगायतको अभिनय छ ।

प्रस्तुतकर्ता शोभितले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । उनले गीतबाट डकुड्रामाको छायांकन सुरु गरिएको जानकारी दिए ।

यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको छ ।

डकुड्रामामा रामजी राउत क्रिएटिभ डिरेक्टर, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । यसको सुटिङ अवधि ४५ दिन रहनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट