काठमाडौं । फिल्म ‘फर्की फर्की’को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् ।
यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उहाँको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ ।
फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको फिल्ममा इन्ट्री भएको घोषणा गरेका हुन् । उनले नाम उल्लेख नगरेपनि आँचलको तस्वीरसहितको स्ट्याटसबाट यो जानकारी दिएका छन् ।
आँचलका आगामी दिनमा पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ जस्ता फिल्म आउँदै छन् ।
सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’को दोस्रो सिरिजको रुपमा निर्माण हुन लागेको यस फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने बताइएको छ । फिल्मलाई आउँदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।