‘सतीदेवी’को पोस्टर सार्वजनिक

रंग नेपाल २०८१ जेठ १६ मा प्रकाशित

काठमाडौं । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा ‘सतीदेवी’को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।

यसैगरी, पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाईसमेत फिचर गरिएको छ । उनीहरुलाई रोइरहेको देख्नसकिन्छ।

यसअघि फर्स्टलुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटीरहेको अवस्थामा मलिकालाई प्रस्तुत गरिएकोमा सार्वजनिक भएको पोस्टरले निर्देशक सुवेदीले सिनेमाबाट छोरी हुनुको गम्भीर पीडालाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ ।

यस्तै, स्तनपान गराइएको दृश्यले मलिकाको भूमिकामा थप कौतुहलता उत्पन्न गराएको छ । यो कौतुहलताले दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । सिनेमा साउन ४ गते रिलिज हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट