यसरी टुंगियो इन्द्रेणीका कृष्ण कँडेल र शर्मिला श्रेष्ठबीचको विवाद

रंग नेपाल २०८० फागुन २४ मा प्रकाशित

काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबीचको विवाद टुंगिएको छ । दुवै पक्षले केहीसमयअगाडि अदालतमा हालेको मुद्दा फिर्ता लिएपछि विवाद टुंगिएको हो ।

कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै शर्मिलाले गत १४ फागुनमा कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी एकतर्फीरुपमा मुद्दा फिर्ता लिएको बताइएको छ ।

यसअघि कँडेलले पनि इन्द्रेणीबाट निकालिएका शर्मिलासहित पाँच कलाकारहरूले आफ्नो चरित्रहत्या गरेको भन्दै अदालतमा मानहानिको मुद्दा हालेका थिए । शर्मिला बाहेकका चार कलाकारहरूसँग यसअघि नै उनले सहमति गरेका थिए ।

शर्मिलाले मुद्दा फिर्ता लिएपछि कँडेलले पनि उनीविरुद्धको मानहानिको मुद्दा फिर्ता लिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट