काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ ।
अम्बानीले प्रि–वेडिङ सेलिब्रेसनमा हलिउडदेखि बलिउडसम्मकाका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका छन् ।
१ मार्चदेखि ३ मार्चसम्म राखिएको समारोहमा अमेरिकी गायिका रिहानाले प्रस्तुति दिइसकेकी छन् । यस समारोहमा प्रस्तुति दिन रिहानाले महंगो पारिश्रमिक लिएकी छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले ५२ करोड भारू पारिश्रमिक लिएकी छन् ।
रिहानाले डायमण्ड्स, व्हेयर ह्याभ यू बिन, रुड ब्वाय एन्ड पोउर इट अप जस्ता हिट गीतहरू गाएकी थिइन् र अरूलाइ पनि नचाएकी थिइन् ।
अनन्त र राधिकाको प्रि–वेडिङ समारोहको लागत करिब १ हजार करोड भारू बताइएको छ भने भोजको १६५ करोड भारू लागत छ ।