‘सलीना’ चैत १६ मा रिलिज हुने

रंग नेपाल २०८० फागुन ३ मा प्रकाशित

काठमाडौं । सरस्वती पूजाको अवसर पारेर चलचित्र सलीनाको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सलीना आउने चैत १६ गते नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा प्रदर्शन हुने बताइएको छ ।

चलचित्रलाई श्री ब्यांकटेश इन्टरटेनमेन्ट प्रालिको तर्फबाट मनोज राठी र उज्वल पौडेलले वितरण गर्दै छन् । ट्रेलर ओएसआर डिजिटलबाट रिलिज हुने बताइएको छ ।

सलीना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको चलचित्र भएको बताइएको छ । नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म यसलाई मानिएको छ । यसमा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग गरिएको छैन ।

यसको मुख्य दर्शकहरु प्राय मल्टिप्लेक्सका हुनेभएकाले यसलाई पहिलो चरणमा यस्ता थियटरमा रिलिज गर्न लागिएको र क्रमशः अन्य सिङ्गल थियटरमा पनि यसको ‘शो’हरु बढाउँदै लग्ने निर्माण पक्षले जानकारी दिएको छ ।

साथै चलचित्रको दोस्रो अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ । यहि हप्ता दोस्रो टिजर पनि ओएसआर डिजिटलबाट रिलिज हुँदैछ । यो चलचित्रलाई तेजसराज जोशीले निर्देशन गरेका हुन् ।

तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यस चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक कलाकारहरु सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । चलचित्रको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिन सुन्दर प्रधानले गरेका छन् ।

चलचित्रमा आवाज दिने कलाकारमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सङ्गिन महर्जन, अविनाशसिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारलगायत छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट