काठमाडौं । क्यानाडाको इतिहासमै पहिलोपटक भएको ‘मिसेस नेपाल क्यानडा’को ताज सृष्टि श्रेष्ठले जितेकी छन् ।
महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानडामा बस्दै आएका विवाहित महिलाबीचको भएको यो सौन्दर्य प्रतियोगितामा सृष्टिले शीर्ष ताज पहिरिएकी हुन् ।
क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा भएको अन्तिम प्रतिस्पर्धा सृष्टिले ‘सिमेस फ्रेन्डसीप’को विधाको उपाधि पनि जितिन् । क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले सहभागिता जनाएको प्रतियोगितामा अलिशा राजभण्डारी ‘फस्ट रनरअप’ तथा ‘फोटोजेनिक’ र रश्मी थापा मगर ‘सेकेन्ड रनरअप’ भए । प्रतियोगितामा येमी कर्माचार्य ‘ट्यालेन्ट’ र श्याम लिम्बु ‘पब्लिक च्वाईस’मा अब्बल बने ।
नमुना फेसन कलेजले तयार पारेको आकर्षक पोसाकमा सजिएर सुन्दरीहरुले ¥याम्प नापेको प्रतियोगितामा नेपालका लागि क्यानडाकी कार्यबाहक राजदुत रोजिना ताम्राकार प्रमुख अतिथी थिइन् । प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा.संगिता धौबडेल, शुभेक्षा भट्ट र निलु केशरी निर्णायक थिए ।
महिला शिक्षा तथा क्षमता विकास समूह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धि र अन्तर्निहित प्रतिभा प्रदर्शन गर्नका लागि प्रतियोगिताको सुरुवात गरिएको बताइन् । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आप्mनो संस्थाले अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी गरेको घोषणा गरिन् ।