धनगढीमा चललित्र काँडेतारको विशेष च्यारिटी सो हुने

रंग नेपाल २०८० माघ १७ मा प्रकाशित

धनगढी । यही माघ २० गते चललित्र काँडेतारको धनगढीमा विशेष च्यारिटी सो हुने भएको छ ।

सीमा रक्षाका क्रममा झडपमा परेर ज्यान गुमाएका सहिदका परिवार र घाइतेको सहयोगार्थ धनगढीमा विशेष च्यारिटी सो गर्न लागिएको हो ।

च्यारिटी सोबाट उठेको रकम सीमा रक्षार्थ ज्यान गुमाउनुभएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई हस्तान्तरण गर्ने निर्माता नवल खड्काले जानकारी दिए ।

उनले भने, “हल खर्च तिरेर बाँकी रहेको सबै रकम म सहिद परिवारलाई हस्तान्तरण गर्छु, एक रुपियाँ पनि लिँदिनँ ।”

सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट