बर्लिन फिल्म फेस्टिभलमा मीनको ‘साम्बाला’

रंग नेपाल २०८० माघ ९ मा प्रकाशित

काठमाडौ । निर्देशक मीन भामको फिलम ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको छ ।

फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो । युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो । फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख भूमिकामा छन् ।

मीनले यो फिल्म बनाउन आफूलाई ८ वर्ष लागेको बताए । उनले कोभिडसँगै आर्थिक अभावका कारण फिल्म निर्माणमा ढिलाई भएको बताए । यो फिल्म डोल्पाको ४ हजार मिटर माथिको उचाईमा छायांकन गएिको हो । मीनका अनुसार यो फिल्मको सुटिङ २३ दिनको समयावधिमा सकिएको थियो ।

बहुपति प्रथाको पृष्ठभूमिमा तयार पारिएको फिल्ममा मीन र अविनाशविक्रम शाहका लेखन छ । मीनले हराएको श्रीमानको खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन फिल्मको प्रमुख कथा रहेको मीनले बताएका छन् । थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट