चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ : नम्रता श्रेष्ठ

रंग नेपाल २०८० पुष २५ मा प्रकाशित

काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा ‘आफ्नो मौनतालाई कमजोरी नठान्न’ आग्रह गरेको पोस्टपछि सामाजिक सञ्जालमा बेपत्ता भएकी अभिनेत्री नम्रता श्रेष्ठ फेरि फर्किएकी छन् । उनी दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेपछि सामाजिक सञ्जालबाट हराएकी थिइन् ।

तीन महिनाको अन्तरालपछि सोमबार उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी हुन् । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी हुन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ अभिनेत्री नम्रताले लेखेकी छन् ।

उनले छनोट गरेको यो उद्धरणले अभिनेत्री नम्रताले पछिल्लो समय के सोचिरहेकी छन् भन्ने दर्शाउँछ । उक्त फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिएकी छन् । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ । उनले हालैको घुमघामको फोटो सेयर गरेको अनुमान गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट