जब मेनुकाले गीत गाउँदा लिरिक्स बिर्सिइन्…

रंग नेपाल २०८० पुष २४ मा प्रकाशित

काठमाडौं । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलले सबैको मन जितिरहेकी छिन् । सेलिब्रेटीदेखि दर्शकसममले उनको गायकीको प्रशंसा गरिरहेका छन् । तर इण्डियन आइडलको आइतबार रातिको एपिसोडमा भने पौडेल ‘बटम चार’मा  परिन्। तर मेनुका भने आउट हुनबाट जोगिइन्।

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले हिजोको प्रस्तुतीमा लिरिक्स बिर्सिदा भने खल्लो भयो ।

उनले  ‘तेरा साया साथ होगा’ बोलको गीत गाएकी थिइन्। तर गीत गाउँदा उनले बीचमा भने लिरिक्स बिर्सिइन् । जज विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए । तर, जति प्रयास गर्दा पनि मेनुकाले सकिनन्। अर्की जज श्रेया घोषालले मेनुकालाई सहयोग गर्दै गाएर सुनाइन् । तर, मेनुकाले आफूले गाउन नसक्ने जानकारी दिइन् ।

त्यसपछि उनले आफ्नो मुटुको चाल (हार्ट बिट) बढेको बताइन् । उनले पानी मागेपछि पानी पिउन दिइयो । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे । डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो । त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट