काठमाडौं । चर्चित गायक प्रमोद खरेल र रोजिना बस्नेतको ‘तिम्रो साथ बिना’ बोलको गीत सार्वजनिक भएको छ ।
द भ्वाइस अफ नेपालको टप ११ बाट बाहिरिए पनि प्रमोद खरेलले लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा बस्नेतलाई उक्त अवसर प्रदान गरेका हुन् ।
यस गीतलाई छोटो समयमा पनि दर्शकहरुले अत्याधिक हेरेर युट्युबको ट्रेन्डिङमा परेको छ । अभिनाश पासवानको एरेन्ज नरेश बिबिसिको मिक्स मास्टरिङ रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका हुन् ।
यस गीतमा बुद्द थापाको छायांकन रहेको छ भने अर्जुन तिवारीले निर्देसन गरेका छन् । दिपा सिटौलाको निर्माण रहेको गीतलाई प्रमोद खरेल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।