काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन् । बुधबार उनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन् ।
भारतीय सञ्चार माध्यमहरुका उनुसार उनीहरुले कोर्ट म्यारिज गरेका हुन् । उनीहरूले मुम्बईस्थित ताज होटलमा कोर्ट म्यारिज गर्दै विवाह गरेका छन् । उनीहरूको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए ।
विवाहमा नुपुर जिमकै कपडा लगाएका छन् । उनीहरूले १३ जनावरीमा रिसेप्सन पार्टी आयोजना गरेका छन् ।
इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए । नुपुर फिटनेस कोच हुन् ।