काठमाडौं । थारु भाषाको गीत ‘गोरी तोरे प्यारमे’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा शब्द, संगीत स्वयम गायक चौधरीको रहेको छ । गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन् ।
नेपालको हरेक युवा, हरेक गाऊको कथा समेटिएको म्युजिक भिडियोमा राज चौधरी र दिपिका चौधरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
‘सेबिल इन्टरटेनमेनट’का प्रबन्धक समेत रहेका राज चौधरी यसै म्युजिक भिडियो मार्फत फेरी थारु फिल्म क्षेत्रमा फर्किएका छन् ।
रमेश चौधरीको छायाँकन र सम्पादन रहेको यस गीतको भिडियोलाई रजनिस चौधरीको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘सेबिल इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।