आमा बन्दै अभिनेत्री दीपिका प्रसाईं

रंग नेपाल २०८० पुष १७ मा प्रकाशित

 

काठमाडौं । अभिनेत्री दीपिका प्रसाईं आमा बन्ने भएकी छन् ।

उनका श्रीमान दिवाकर भट्टराईले फेसबुकमा एक तस्वीर सेयर गर्दै दीपिका आमा बन्ने लागेको जानकारी दिएका हुन् । दिवाकरले आफू बाबु बन्न लाग्दा खुशी व्यक्त गरेका छन् ।

‘तिम्रो र मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दै छौं अनि म बाबा ! म कति खुशी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभुति भन्नलाई यो शब्द अरू अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौं । यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया जीवन भर तिमीसँगै यसैगरी हिँड्न पाई राखौं यही एउटा चाहना छ,’ उनले लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट