काठमाडौं । बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्ने क्रममा सञ्जयलाई हृदयाघात भएको थियो । उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगिएसँगै त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।